जेन–जीसँग सरकारले गरेकाे सम्झाैतालाई ललिपपकाे संज्ञा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

जेन–जीसँग सरकारले गरेकाे सम्झाैतालाई ललिपपकाे संज्ञा

काठमाडाैं । जेन–जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो ।

उहाँले विगतका कुनैपनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राख्नुभयो । जेन–जी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकता अनुसार सरकार अघि बढ्न नसेकेको उहाँको भनाइ छ ।

उहाँले सरकारले जेन–जी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गर्नुभयो ।

Leave a Reply