अदालतकाे आदेश अनुसार रवि लामिछाने आज थुनामुक्त हुँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

अदालतकाे आदेश अनुसार रवि लामिछाने आज थुनामुक्त हुँदै

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारागार प्रशासनले अहिले रविलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ । केहीबेरमा जहाजबाट उनी भैरहवा जाँदैछन्।

जिल्ला अदालत रुपन्देहीमा पुगेर उनले छुटपुर्जी कागजात लिनुपर्नेछ । उच्च अदालत तुल्सीपुरले लामिछानेलाई रिहाइ गर्न हिजाे आदेश दिएको थियो । उक्त आदेशसँगै नख्खु कारागारबाहिर रविलाई स्वागत गर्न भिड लागेको थियाे ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।

Leave a Reply