अनुसन्धानको लागि रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अनुसन्धानको लागि रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं, ३१ साउन । जिल्ला अदालत चितवनले रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ तीनै जनालाई राजधानीबाट पक्राउ गरी चितवन लगेको थियो ।

उनीहरुलाई पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।आज तीनै जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको थियो । पछिल्लो समय पुडासैनी माउन्टेन टिभिमा कार्यरत थिए ।

जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहश गर्नु भएको थियो भने रवि लगायतको पक्षबाट अधिवक्ता सुनिल कुमार पोखरेल सहितले बहश गरेका थिए । अदालतमा बहस चलिरहदा बाहिर रविको समर्थकहरुले रवि निर्दोष रहेको र उनलाई फसाउन लागेको भन्दै नारावाजी गदै रविलाई रिहा गर्न माग गरेका थिए ।

सर्मथकहरुले जिल्ला प्रहरी कार्यालयको मुल गेट अगाडी जम्मा भएर नाराबाजी गर्न थाले पछी प्रहरीले पछाडीको बाटो प्रयोग गर्दै रवि सहित तिनैजनलाई सरकारी वकिलको कार्यालय र अदालत लगेको थियो ।

त्यस्तै अदालतमा जिल्ला प्रहरी कार्यालय ल्याउन पनि प्रहरीले समर्थकहरुको आँखा छल्दै भित्रीबाटो प्रयोग गर्नु परेको थियो । सर्मथकहरु दिनभर जसो जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको मुल गेट अगाडी नारावाजी गर्दै बसेका थिए । मृतक पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने , युवराज कंडेल र अस्मिता कार्कीलाई आफ्नो मृत्युको दोषी बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);