रवि लामिछाने सहित तीनै जनालाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रवि लामिछाने सहित तीनै जनालाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं, ३ भदौ । जिल्ला अदालत चितवनले न्युज २४ का पत्रकार रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।

तीनै जनालाई माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यस अघि उनीहरुलाई साउन ३१ गते ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत उपस्थित गराएकाे थियो । बयान नसकिएकाले उनीहरुलाई हिरासतमा राख्न म्याद थपिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);