सिंहदरबार भित्रै नायब सुब्बाले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिंहदरबार भित्रै नायब सुब्बाले गरे आत्महत्या

काठमाडौं, ३ भदौ । राष्ट्रिय योजना आयोगका एक कर्मचारीले बिष सेवन गरि आत्महत्या गरेका छन् । सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोग कार्यालय भित्र नायब सुब्बा बच्चु केसीले वीष सेवन गरि आत्महत्या गरेका हुन् ।

मृतक केसीलाई मंगलबार आयोगका कर्मचारीले सानो सभाहल भित्र मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थामा फेला परेका केसीले सोमबार कार्यालय समयपछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोग आएको महानगरीय वृत सिंहदरबारका प्रमुख कौशल कुमार बुढाथोकीले सुसाइड नोट भेटिएको जानकारी दिनुभएको छ । तर नोटमा लेखिएको कुराको भने औपचारिक रुपमा जानकारी गराइएको छैन । सोमबार बिहान कार्यालय आएपछि घर नगएको कुरा परिवारले पुष्टि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);