हिरासतभित्रै युवकको आत्महत्या प्रयास, परिवारद्वारा छानबिनको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

हिरासतभित्रै युवकको आत्महत्या प्रयास, परिवारद्वारा छानबिनको माग

jail kaidi

बुटवल । बुटवलमा प्रहरी हिरासतमा रहेका एक युवकले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । वडा प्रहरी कार्यालय रामनगर बुटवलको हिरासतमा रहेका बुटवल–११ देवीनगरका रुद्रबहादुर नेपालीले सोमबार आत्महत्याको प्रयास गरेका हुन् ।

तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका उनी सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनलाई शनिबार साँझ प्रहरीले तामाको तार चोरी गरेको अभियोगमा पक्राउ गरेको थियो । बुटवल औद्योगिक क्षेत्र तथा विभिन्न स्थानबाट तामाको तार चोरी भएको गुनासो बढेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले नेपालीलाई तीन किलो तामाको तार कवाडीलाई बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार सोही घटनाको अनुसन्धानका क्रममा नेपालीलाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । तीनदेखि हिरासतमा रहेका नेपाली एक्कासि घाँटी रेटिएको अवस्थामा फेला परेको डीएसपी केसीले बताए ।

हिरासतमा एक्लै रहेका नेपालीले आत्महत्या गर्ने उद्देश्यले शौचालयको साइफन फुटालेर घाँटी रेटेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शौचालयको साइफन फुटेको र त्यसको टुक्रा नभेटिएको केसीले जानकारी दिए ।

घाँटीमा गहिरो चोट लागेका नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनको परिवारले भने हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला पर्नु गम्भीर विषय भएको बताएको छ । नेपालीकी दिदी मनकुमारीले हिरासतभित्र जिउ ज्यानको सुरक्षाको जिम्मा प्रहरीको रहेको भन्दै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरिन् । घाइते नेपालीले लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइकर्मीको रूपमा कार्यरत थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);