सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको स्वास्थ्यमन्त्रीकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको स्वास्थ्यमन्त्रीकाे दाबी

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दाबी गर्नुभएको हो ।

मन्त्री गौतमले जेन–जी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले त्यसको सम्मानका साथ आफूहरुले एकचित्त भएर काम गरिरहेको बताउनुभयो । सरकारले जेन–जी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाइ छ ।

उहाँले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको बताउनुभयो ।  मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

Leave a Reply