कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थाले : गोकर्ण विष्ट | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थाले : गोकर्ण विष्ट

काठमाडाैं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताउनुभएको छ ।
एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले न्युनतम विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरुसँग मिलेर पनि एमालेले सरकार बनाएको बताउनु भयो । १० औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको आधार तयार गरौँ’ भन्ने नारा विपरित कार्यहरु भएको उहाँको भनाई छ ।

२०७९ को निर्वाचनमा संवैधानिक राजसंस्था बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निर्वाचनको लागि गठबन्धन गरेर अवसरवादलाई अंगालो हालेको उहाँले बताउनुभयो । सरकार निर्माणमा पनि न्युनतम सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई समेत ध्यानमा नराखी राप्रपा, काँग्रेस, माओवादी, मधेसवादी, रास्वपा सबैसँग मिलेर बनाएको उल्लेख गर्नुभयो । सरकारमा जानको लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्तिहरु कम्युनिष्ट आन्दोलनमा देखापरेको उहाँको भनाई छ । उहाँले यसलाई दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण भएको टिप्पणी गर्नुभयो ।

उहाँले संगठनात्मक क्षेत्रलाई पनि ध्वस्त बनाएको आरोप लगाउनुभयो । प्रदेश कमिटीहरु १३ सयसम्म राखेर भद्दा बनाइएको उहाँको भनाइ छ । उहाँले विधानका व्यवस्थलाई ठिक ढंगले पालना गर्न नसकेको बताउनुभयो ।

Leave a Reply