मानव अधिकार आयोगले जेन–जी आन्दोलनको दोषी करार गरेका गुरुङलाई फेरि गृहमन्त्री बनाइनु आपत्तिजनकः काँग्रेस सांसद खड्का | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

मानव अधिकार आयोगले जेन–जी आन्दोलनको दोषी करार गरेका गुरुङलाई फेरि गृहमन्त्री बनाइनु आपत्तिजनकः काँग्रेस सांसद खड्का

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री पुन सधन गुरुङलाई बनाएको आपत्ति जनाउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सम्पती लगायतको अभियोग लागेका तथा मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको दोषी करार गरेका तत्कालीन गृहमन्त्री गुरुङलाई पुनः सोही जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । सांसद खड्काले सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप पनि लगाउनु भयो ।

सुशासनको गफ हाँक्ने सरकारले आफनालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाई थियो । सांसद खड्काले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहो¥याउनु भयो ।

Leave a Reply

ताजा समाचार