तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को साता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को साता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी

काठमाडाैं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा भइरहेका बेला  प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को साता राजनीतिक नेतृत्वहरुसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारीगरेको बताउनुभयो ।

अन्तरिम सरकारले जेन–जी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

Leave a Reply

ताजा समाचार