जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित भएकाे मोहनविक्रम सिंहकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित भएकाे मोहनविक्रम सिंहकाे दाबी

काठमाडाैं । अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताउनुभएको छ । काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताउनुभयो। अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको उहाँको भनाइ छ ।

जेन–जी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरु अहिलेको सरकारमा रहेको बताउनुभयो । विभिन्न पछिल्ला गतिविधिहरुले उनीहरुको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गर्नुभयो ।

नेता सिंहले कुनैपनि देशको राजनीतिमा मूल भुमिका राजनीतिक दलहरुले नै खेल्ने बताउनुभयो

Leave a Reply