काठमाडाैं । अग्रज नेता मोहनविक्रम सिंहले जेन जीको कुनै एजेण्डा नै नरहेको बताउनुभएको छ । रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले जेन जी एउटा भीडमात्रै भएकाे बताउनुभएको हो ।
उहाँले जेन जीका नाममा अहिले धेरै मागहरु आइरहेको भएपनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध गरिरहेको बताउनुभयो । उहाँले कसैले पूर्ण समानुपातिक भन्ने गरेपनि केहीले त्यसको विरोध गरेको बताउनुभयो ।
जेन जीको एउटै समूह नभएको र मन्त्री, प्रधानमन्त्री बनाउँदा समेत विरोध भएको बताउनुभयो । जेन जी कुनै संगठित समूह नभइ भीड मात्रै भएको टिप्पणी गर्नुभयो ।
उहाँले तत्काल वाम एकताको अवस्था नरहेको जिकिर गर्नुभयो । संसदलाई अवैधानिक रुपमा विघटन गरिएको बताउनुभयो । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास रहेको उहाँकाे भनाइ छ ।





