काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गर्नुभएको पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ ।पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसंग कुरागर्दै उहाँले पार्टी छाडेर गल्ती नगर्न आग्रह गर्नुभएको हो । उहाँले नेताहरुले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताउनु भयो । उहाँले नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । राप्रपाका पूर्वमहामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसक्नु भएको छ ।
अध्यक्ष लिङदेनले भने राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिनुभयो ।उहाँले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको बताउनुभयो । महाधिवेशनको निर्धारित समय आएपछि साथीहरूसँग छलफल र परामर्श गरेर निष्कर्षमा पुग्ने उहाँको भनाई छ । पार्टी नेतृत्वलाई अझ प्रभावकारी, सशक्त र समयसापेक्ष बनाउने विषयमा सबैको ध्यान केन्द्रित हुने उहाँले बताउनु भयो ।





