बलिउड अभिनेत्री श्रीदेवीको निधन पानीमा डुबेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बलिउड अभिनेत्री श्रीदेवीको निधन पानीमा डुबेर

sridevi

काठमाडौं, १५ फागुन । बलिउड अभिनेत्री श्रीदेवीको मृत्युलाई लिएर गरिएको फरेन्सिक रिपोर्टले नयाँ तथ्य उजागर गरेको छ । रिपोर्टका अनुसार उनको मृत्यु हृदयाघातका कारण नभएर बाथटबमा डुबेका कारण भएको देखाएको छ ।

उनको रगतमा अल्कोहल भेटिएको समेत रिपोर्टमा भनिएको छ । उनी बेहोस भएर टबमा लडेको अनुमान गरिएको छ । श्रीदेवीको मृत्यु शनिबार राति साढे ११ बजे भएको थियो ।

श्रीदेवीको मृत्युबारे विभिन्न सञ्चारमाध्यमले चासोका साथ समाचार प्रकाशित गरेका छन् । केही समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै प्रारम्भिक अनुसन्धानले श्रीदेवीले मादकपदार्थको नसामा आफ्नो सन्तुलन गुमाएको उल्लेख गर्दै त्यही नसाका कारण उनी बाथटबमा लडेको र मृत्यु भएको उल्लेख गरेका छन् । दुबईको स्वास्थ्य मन्त्रालयको फरेन्सिक रिपोर्टले भने श्रीदेवीको मृत्यु ‘दुर्घटनाबस डुब्नाले’ भएको देखाएको छ ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);