आमाको सम्झनामा रुन्छन यी बलिउड सेलिब्रेटीहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आमाको सम्झनामा रुन्छन यी बलिउड सेलिब्रेटीहरु

एजेन्सी, ७ जेठ । बलिउडमा धेरै कलाकार छन् जसले सानै उमेरमा आमाको छाया गुमाउन पुगे । केही स्टारहरु छन् जो आमाको सम्झनामा अझै पनि रुने गर्छन् ।

बलिउड अभिनेत्री जान्हवी कपूर २१ वर्षकी थिइन् जब उनको टाउकोबाट आमा श्रीदेवीको छाया गायब भयो । सन् २०१८ मा श्रीदेवीको निधन भएको थियो । जान्हवी आमालाई सम्झेर अक्सर भावुक हुन्छिन् ।

बलिउडका किंग खान अर्थात् शाहरुख खानले पनि २६ वर्षको उमेरमा आमा गुमाएका थिए । आज पनि आमाको सम्झनामा भावुक हुन्छन् । राजकुमार राव ३१ वर्षका हुँदा उनकी आमाको निधन भयो । राजकुमारको आमाको निधन सन् २०१७ मा चलचित्रको छायांकनका क्रममा भएको थियो । अभिनेता आफ्नी आमाको बिदाईबाट गहिरो स्तब्ध भएका थिए ।

अर्जुन कपुरकी आमा मौना शौरीको सन् २०१२ मा निधन भएको थियो । त्यतिबेला अर्जुनले बलिउडमा डेब्यु गरेका थिएनन् र उनको उमेर निकै कम थियो । अर्शद वारसी २० वर्षका हुँदा उनको टाउकोबाट आमाको छाया गायब भएको थियो । अभिनेताकी आमाको सन् २००१ मा मृगौला फेल भएर निधन भएको थियो ।

सानैमा आमा गुमाएका कलाकारको सूचीमा रिद्धिमा पण्डित पनि परेकी छन् । मृगौलाको समस्याका कारण रिद्धिमाकी आमाको निधन भएको थियो । सञ्जय दत्त २२ वर्षका हुँदा उनकी आमा नरगिसले उनलाई सदाका लागि छोडेर गइन् । क्यान्सरका कारण नरगिसको निधन भएको हो । अभिनेताले अझै पनि आमालाई धेरै मिस गर्छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);