तिमी बिना केही बाँकी छैन, अब मेरो पुकार कसले सुन्ने–राखी सावन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

तिमी बिना केही बाँकी छैन, अब मेरो पुकार कसले सुन्ने–राखी सावन्त

एजेन्सी, १५ माघ । बलिउड कलाकार राखी सावन्तकी आमा जयाको हिजो अर्थात २८ जनवरीमा निधन भएको छ । उनी लामो समयदेखि मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा भर्ना थिइन् । राखीकी आमालाई क्यान्सर र ब्रेन ट्युमर थियो । राखी र उनका नजिकका साथीहरूले हिजो जयको निधनको पुष्टि गरेका थिए। राखी अन्तिम क्षणमा आमासँगै थिइन् । अस्पतालबाहिर आमाको शव बोकेर हिँडेको देखियो । यस क्रममा उनी पूर्णतया अचेत देखिएकी थिइन् ।

आफ्नो सामाजिक सञ्जालमा आमालाई सम्झँदै राखीले लेखेकी छिन्, ’आज मेरो टाउकोबाट आमाको हात हटेको छ, अब मसँग गुमाउन केही बाँकी छैन । आज राखीकी आमाको मुम्बईमा दाहसंस्कार गरिने भएको छ ।’
राखीले आमालाई सम्झँदै अस्पतालको भिडियो सेयर गरेकी छिन् । राखीले लेखेकी छिन्, ‘म तिमीलाई माया गर्छु आमा तिमी बिना म केहि छैन अब मेरो पुकार कसले सुन्ने, कस्ले अँगालो मार्छ। अब के गर्ने, कहाँ जाने ?’

राखी सावन्तले सामाजिक सञ्जालमार्फत आमा जयालाई ब्रेन ट्युमर र क्यान्सर भएको र त्यही भएर अस्पतालमा भर्ना भएको जानकारी गराएकी थिइन् । अप्रिल २०२१ मा राखीकी आमाले पित्त थैलीबाट ट्युमर निकाल्नको लागि शल्यक्रिया गराएकी थिइन्, जुन पछि क्यान्सर भयो । त्यस क्रममा सलमान खान र उनका भाइ सोहेल खान राखीलाई मद्दत गरेका थिए । आमा निको भएपछि राखीले सलमान र सोहेल खानलाई धन्यवाद पनि दिएकी छिन् ।

यसबाहेक केही दिनअघि राखीले एक भिडियो शेयर गर्दै आमाको उपचारका लागि मुकेश अम्बानीले सहयोग गरेको बताएकी थिइन् । ज्याकी श्राफ, रश्मी देसाई, मान्यता दत्त, निशा रावल, रिद्धिमा पण्डित र अली गोनीले राखीकी आमाको निधनमा शोक व्यक्त गर्नुका साथै राखीलाई यो कठिन परिस्थितिमा सान्त्वना दिएका छन् ।

राखी सावन्त पछिल्लो समय आफ्नो विवाहको चर्चामा छिन् । राखीको प्रेमी आदिल खानसँगको कोर्ट म्यारिजको तस्विर भाइरल भएको थियो । राखी आफैंले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरेकी थिइन् । राखीले आफ्नो विवाहको बारेमा कसैलाई जानकारी गराइनन् ।

सुरुमा उनका प्रेमी आदिलले विवाहको बारेमा केही भन्न अस्वीकार गरे पनि पछि उनले आफ्नो र राखीको विवाह भएको स्वीकारे । विवाहपछि राखीको धर्म परिवर्तन भएको खबर पनि आएको थियो । जानकारीका अनुसार राखीले आफ्नो नाम बदलेर फातिमा राखेकी छिन् र इस्लाम धर्म स्वीकार गरेकी छिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);