चलचित्र क्षेत्रले राजनीतिलाई बोक्नु हुन्न : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

चलचित्र क्षेत्रले राजनीतिलाई बोक्नु हुन्न : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ८ जेठ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताउनुभएको छ । आईतवार काठमाडौंमा भएको एका कार्यक्रमलाई सम्बोधन गर्दै उहाँलै यस्तो बताउनुभएको हो । उहाँले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले कलाकारहरु राजनीतिक दलका संगठनहरुमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रुपमा विकास हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली चलचित्रले आफ्नो बहुआयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि लैजानुपर्छ । नेपालको आफ्नो बहुआयामिक पहिचानलाई कायम राख्दै फरक पहिचानका साथ विश्वमा नै नेपाली चलचित्रलाई स्थापित गराउन कलाकार, उद्यमी, पत्रकारहको आवश्यक्ता छ । यसले जीविको पार्जन पनि हुन्छ सँगै यसले देशको ख्याति पनि अघि बढाउँछ । हामीले पहिचान दिन सक्नुपर्छ । राज्यको ध्यान पनि यस क्षेत्रमा जानुपर्छ । चलचित्र क्षेत्रमा त लाग्ने तर गास, बासको लागि नै समस्या छ भने किन लाग्ने ? यस कारण यस क्षेत्रबाट पनि देशलाई अघि बढाउन सकिन्छ भन्ने हिसावमा हामी सबै जानुपर्छ । अहिले हरेक क्षेत्रमा राजनीति घुसेको छ, यो चलचित्र क्षेत्रमा राजनीति नघुसाइ अघि बढाउनुपर्छ । त्यो भन्दा पृथक ढंगबाट चलचित्र क्षेत्रलाई लैजान सक्नुभयो भने राम्रो होला, तर कलाकार सबै पार्टीका भातृ संस्थामा बाँडिन जानुभयो भने माया मान्ने धेरै हुँदैनन् । नियुक्तिका लागि पार्टीमा लाग्नुभयो भने कसैको पनि मायाँ पाउनु हुन्न, सबैको मायाँ पाउने संस्था बन्नसक्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले चलचित्र र चलचित्र पत्रकारहरुलाई थप माथि उठाउन सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);