अझै चलाएमान हुनसकेनन् चलचित्र क्षेत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अझै चलाएमान हुनसकेनन् चलचित्र क्षेत्र

दाङ, १४ माघ । गत चैत्र देखि कोरोना महामारीका कारण नेपालमा लकडाउन भयो । लामो सयम सम्म लकडाउन हुदाँ देशको मात्र नभइ अर्थतन्त्र धारासायी भयो । तर, पछिल्लो समयमा विभिन्न देशमा खोप उत्पादन भएपछि र कोरोना संक्रमणको दर घट्दै गएपछि धरासायी भएको अर्थतन्त्रले विस्तारै पाइला टेक्न शुरु गरेको छ । सबै क्षेत्र विस्तारै संचालन भइसकेका छन् ।

तर लकडाउनदेखि बन्द भएको चलचित्र क्षेत्र अहिले पनि गति लिन सकेको छैन् । दाङमा चलचित्र क्षेत्रमा कोरोनाले पारेको प्रभाव र अबको बाटो विषयमा बहस कार्यक्रम गरीयो र त्यसमा कोरोना कारण विगत लामो समयदेखि बन्द रहेका चलचित्र हलहरु अहिले पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण लगानी डुब्ने डर रहेको सिनेमा हल संचालकको भनाइ छ ।

घोराहीमा रहेको मनकाशी सिनेप्लेक्स संचालक ललित श्रेष्ठले हल मात्र नभइ निर्माताहरु पनि लगानी नउठ्ने डरमा रहेको बताउनुभयो । उहाँले राज्यले अन्य क्षेत्रलाई जस्तो निति नियम लागू गरेर पहिले नै संचालन गर्ने दिएको भए अहिले चलचित्र क्षेत्रको यस्तो अवस्था नआउने समेत उहाँले बताउनुभयो ।हलहरु सञ्चालन गर्ने सहमति भएपनि चलचित्र निर्माताहरुसँगै हल सञ्चालक, कलाकारहरु दर्शक नआउने अवस्था देखेपछि जोखिम मोल्न डराइरहेका छन् ।

जोखिमको समयमा चलचित्र क्षेत्रलाई सञ्चालनमा ल्याउन राज्यले सहयोग गर्न आवश्यक रहेको निर्देशक तथा निर्माता मुनाल घिमिरेले बताउनुभयो । उहाँले त्यसका लागि चलचित्र विकास बोर्डले पहल गर्नुपर्ने बताउनुभयो ।त्यसैगरी चलचित्र निर्माता संघका केन्द्रिय सदस्य रोहित अधिकारीले सिनेमा हल सञ्चालनमा आएपनि निर्माताहरु लगानी डुब्ने डरले सञ्चालन गर्न डराइरहेको बताउनुभयो ।

उहाँले कोरोना भाइरसको जोखिम रहेको र राज्यको कुनै सहयोग नगरेका कारण डराउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।दाङमा तुलसीपुरमा २ वटा, नारायणपुरमा १ वटा, घोराहीमा ४ लमही र भालुवाङमा गरि १÷१ वटा गरि ९ वटा सिनेमा हल छन् । तर, पछिल्लो समय हल संचालन भएता पनि दर्शक नै जादैन् ।

यसरी हल संचालन भएता पनि विकास बोर्ड, निर्माता, हलसंचालन, वितरक लगाएत चलचित्र क्षेत्रमा काम गर्ने ब्यक्तिहरु विच समन्यव नहुदाँ अहिले यस्तो अवस्था आएको चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिव पुनले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);