Our Network

मंसिर १३ २०७८, सोमबार

चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग

काठमाडौं, ९ मंसिर । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गर्नुभएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन् ।

त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको हो ।

अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटीएको तर अहिले सम्म कुनैपनि फाइदा लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘साच्चै भन्ने हो भने हामीलाई बजेटले पनि समेटेन अति प्रभावितमा । तर राष्ट्र बैंकले चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा समेटिदियो । तर त्यसको अहिले सम्म के फाइदा हो भन्ने कुरा आएको छैन् ।’

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थमन्त्रालयमा समेत गराइसकेको उहाँले बताउनुभयो । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो । ‘गीत संगित श्रष्टा सर्जक कलाकार प्राविधिक यी सबैको समस्या छ । यसकारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौं । हाम्रो भनाई अव हामीलाई छायांकन खोलिदिनुस हामी विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सीसीएमसीको मापदण्डलाई हामीले अपनाएर सिनेमा छायांकनमा जान सक्छौं भन्ने कुरापनि लगेर हामीले बुँदागत यो यो गर्न सक्छौं र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौं । ’

अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरन्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्न माग गर्नुभएको हो । त्यसको साथसाथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि बताउनुभयो । यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दुरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवा मुलक उद्योगको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मलाई चलचित्र क्षेत्र, चलचित्र निर्माता संघका साथिहरु र त्यसको साथसाथै चलचित्र समन्वय समिति र उद्योग वाणिज्य महासंघको विशेष सहयोगले नै राष्ट्रिय मान्यता उद्योगमा हाल्न सफल भयौं ।’

चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोडने काम गर्नका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीले बताउनुभयो । चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै अध्यक्ष अधिकारीले अव भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउदै आएको सुविधा पाउने अवस्थामा पु¥याउन आफुले महासंघमा बसेर काम गर्न चाहेको बताउनुभएको छ ।

अध्यक्ष अधिकारीले उद्योग वाणिज्य महासंघको ५४ औं आशन्न साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । सो पदमा रहेर चलचित्र क्षेत्रको नीति नियम, ऐन कानून निर्माणमा सरकारलाई सहयोग गर्ने अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको मेरो उम्मेदवारी किन चलचित्र क्षेत्रमा नाम मात्रै भएर भएन चलचित्र क्षेत्र राष्ट्रिय मान्यता प्राप्त उद्योगमा गयो भनेर मात्र भएन् । त्यसको नीति नियम ऐन कानून लेख्नुपर्ने हुन्छ अनिमात्रै हामीले पाउने फाइदा पाउन सक्छौं । राष्ट्रिय मान्यता प्राप्त क्षेत्र भनेको पर्यटन क्षेत्र, कृषि क्षेत्र हो र त्यहिं भित्र अव चलचित्र क्षेत्र पनि प¥यो । त्यसले गर्दा उनीहरुले पाउने सरहको सुविधा चलचित्रले पाउनुपर्छ भनेर त्यसको नीति नियम ऐन कानून लेख्नको लागि म उद्योग वाणिज्य महासंघमा यसपालि पनि उम्मेदवारी दिएको छु ।’

यस्तै आफ्नो ध्यान स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नुपर्छ र आयातलाई घटाएर निर्यात बढाउनुपर्छ भन्ने तर्फ रहेको पनि अधिकारीले स्पष्ट पार्नुभएको छ ।

Leave a Reply