राज्यमन्त्री मानन्धरद्वारा एकल गायनमा विश्व रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राज्यमन्त्री मानन्धरद्वारा एकल गायनमा विश्व रेकर्ड

काठमाडौं, ११ पुष । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाउनु भएको छ । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गर्नुभएका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सम्म गीत गाएर विश्व रेकर्ड बनाउनु भएको हो ।

यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको किर्तीमान बनेको थिएन । किर्तीमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गित गाउनु भएको थियो ।
बालाजुस्थित अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाउनु भएको थियो ।

मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाउनुभएको थियो । उहाँले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी,अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाउनुभएको थियो ।

यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);