वरिष्ठ संगितकार दिप श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न राज्यमन्त्री मानन्धर अस्पतालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वरिष्ठ संगितकार दिप श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न राज्यमन्त्री मानन्धर अस्पतालमा

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वरिष्ठ संगितकार तथा गायक दिप श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ह्याम्स अस्पताल पुगि उपचाररत वरिष्ठ संगितकार श्रेष्ठको पछिल्लो स्वास्थ्य अवस्थाबारे मन्त्री मानन्धरले जानकारी लिएका हुन् ।

रियालिटी शो द भ्वाइस अफ नेपालका कोच समेत रहेका श्रेष्ठ केही दिनदेखि कोरोना संक्रमणको उपचार गराइरहेका छन् । मन्त्री मानन्धरले कोरोना संक्रमणको उपचार गराइरहेका श्रेष्ठको परिवारसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । श्रेष्ठकी श्रीमती सोफिया गुरुङले नेपाल सरकारका मन्त्रीले उपचारमा चासो दिंदा खुशी लागेको बताईन् ।

नेपालको सांगितिक क्षेत्रका चम्किला नक्षेत्र श्रेष्ठको स्वास्थ्योपचारबारे बुझ्न आफु ह्याम्स अस्पताल पुगेको बताउँदै मन्त्री मानन्धरले स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए । श्रेष्ठको स्वास्थ्य सुधार आएको र आफुले सञ्चारमन्त्रीलाई पनि उनको अवस्थाबारे अवगत गराएको मन्त्री मानन्धरले जानकारी दिए ।

गायक श्रेष्ठका साथी डा‍ राजु बैद्यले पनि मन्त्री मानन्धरलाई सद्भावका लागि धन्यवाद दिए । गत साता संक्रमण पुष्टि भएसँगै उपचाररत श्रेष्ठको स्वास्थ्यमा क्रमिक रुपमा उल्लेख्य सुधार आएको परिवारले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);