कांग्रेस नेता बानियाँको समन्वयमा चेपाङ परिवारलाई खाद्यान्न वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस नेता बानियाँको समन्वयमा चेपाङ परिवारलाई खाद्यान्न वितरण

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले कोरोका कारण समस्यामा रहेका विपन्न जनजातिलाई खाद्यान्न वितरण गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाका दुई वडाका एक हजार विपन्न र जनजातिका परिवारलाई गाउँमै पुगेर खाद्यसामग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा २० लाख रुपैयाँबराबरको खाद्यसामग्री गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै, राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ का ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ विपन्न चेपाङ तथा तामाङ समुदायलाई खाद्यान्न हस्तान्तरण गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);