व्यक्तिगत खर्चमा मेयरले दिए १५ सय परिवारलाई राहत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

व्यक्तिगत खर्चमा मेयरले दिए १५ सय परिवारलाई राहत

बागलुङ, २१ जेठ । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा झन्डै १५ सय परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ। कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका तमानखोला गाउपालिकामा २ सय ३१,बडीगाड गाउँपालिकामा २ सय ४० र ढोरपाटन नगरपालिकामा १ हजारभन्दा बढी  विपन्न नागरिकलाई उहाँले राहत सामग्री उपलब्ध गराउनु भएकाे हाे ।

नेपालीले निसीखोला गाउँपालिकामा राहत वितरण गर्ने योजना रहेको बताउनु भयाे । नेपालीले मंगलबार २ सय ४० बोरा जिरा स्टिम चामल, सोही परिमाणमा दाल, नुन र खानेतेल बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाइजालाई हस्तान्तरण गर्नुभएको हाे ।

लकडाउनका कारण विपन्न परिवार भोकै बस्न नपरोस् भनेर खाद्यान्न सामग्री वितरण गरेको नेपालीले बताउनु भयाे । खाद्यान्न सामग्री ग्रहण गर्दै बडीगाडका अध्यक्ष पाइजाले कोरोना संक्रमणका कारण विश्व नै प्रभावित भइरहेको समयमा पश्चिम बागलुङका विपन्न परिवारलाई राहत वितरण गर्न नेपालीले उठाएको कदम प्रशांसनीय रहेको उहाँकाे भनाइ छ ।

नेपालीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्थाका नागरिकलाई वितरण गरिने जानकारी दिनुभयाे । मेयर नेपालीले यसअघि पनि आफ्नै व्यक्तिगत खर्चमा विपन्न परिवारलाई राहत वितरण गर्नुभएको थियाे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);