एकैदिन थप २०१ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एकैदिन थप २०१ जनामा कोरोना पुष्टि

corona update

काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थप २ सय १ जनामा पुष्टि भएको छ । बुधबार थप २ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २३ सय पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर बिकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी २ सय १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । डा देवकोटाका अनुसार १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन् । आज १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७८ पुगेको हो । नेपालमा हालसम्म संक्रमण देखिएका मध्ये ९ जनाको मृत्यु भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६४ जिल्लामा संक्रमण देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);