जनप्रतिनिधिद्वारा एक सय परिवारलाई खाद्यान्न सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनप्रतिनिधिद्वारा एक सय परिवारलाई खाद्यान्न सहयोग

rahat baglung

बागलुङ, १३ वैशाख । बागलुङका एक जनप्रतिनिधिले आफ्नो व्यक्तिगत खर्चमा १ सय परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । कोरोना भाइरस संक्रमणको कारण लम्बिएको लकडाउनमा समस्यामा परेकालाई बाग्लुङको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले खाद्यान्न राहत बितरण गरेका हुन् ।

रसाइलीले व्यक्तिगत खर्चमा मजदुरी गर्ने, बिपन्न र दलित समुदायका १ सय परिवारलाई राहत सहयाृग गर्नु भएको हो । मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारको नामाबली तयार पारेर खाद्यान्न सहयोग गरिएको हो ।

प्रतिपरिवार १ वोरा चामल, नुन तेल र सावुन सहयोग गरिएको थियो । खाद्यान्नको अभावमा समस्या परेकाहरुले खाद्यान्न सहयोग पाएपछि राहत महशुस गरेका छन् ।

नगरपालिकाले बितरण गर्ने अभियान बनाइरहेकै बेला वडा सदस्यले व्यक्तिगत खर्चमा गरेको सहयोगले वडाबासीलाई धेरै राहत मिलेको वडा कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);