वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण

rato machindra

काठमाडौं, १३ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । लक डाउनका कारण पुरै रथ नबनाएपनि देवतालाई राख्न मिल्ने गरी खट बनाएर रथारोहण गरिएको छ ।

धुमधामसँग र विधिपूर्वक मच्छिन्द्रनाथको रथारोहण पुल्चोकमा बनाइएको रथमा गराइने चलन भएपनि यो वर्ष लक डाउनका कारण परम्परालाई निरन्तरता दिन मच्छिन्द्रनाथ राखिएकै स्थानमा रथारोहण गरिएको हो

लक डाउनका कारण रथ निर्माण नगरिएपछि यो वर्ष पाटनको तःबहालमा रहेको मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीको पाटनमा राखिएको छ । परिस्थिति हेरेर रथ निर्माण गर्ने र जात्रा सञ्चालन गर्न बताइएको छ । लिच्छिवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरुप कामाख्याबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ ।

बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेवले कामरुप कामाख्या गइ रातो मच्छिन्द्रनागलाई काठमाडौं उपत्यका ल्याएको किंवदन्ती छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);