वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण

ratharohan

काठमाडौं, १० साउन । शनिबार वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण भएको छ । शनिबार दिउँसो सवा १२ बजेको शुभसाइतमा मत्स्येन्द्रनाथलाई रथमा राखिएको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि यो वर्ष कोरोनाका कारण ढिला भएको हो ।

रातो मत्स्येन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्नेभएपनि कोरोनाका कारण सम्भव नभएको बताउनुभयो । यसअघि साइत हेरेर गत असार २४ गते रथारोहण गराउने निर्णय भएको थियो । तर कोरोना जोखिम कम नभएको कारण त्यो पनि स्थगित भएको थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मत्स्येन्द्रनाथको रथारोहणको अन्तिम साइत शनिबार नै रहेको थियो । रथारोहण सकिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको मुख्य पुजारी बज्राचार्यले बताउनुभयो ।

रथारोहणमा २० जनाभन्दा बढीलाई सहभागि नगराइने निर्णय भएपनि मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो । ललितपुरको तःबहामा रहेको सत्तलमा राखिएको रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);