मुस्लिम समुदायको रमजान पर्व आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुस्लिम समुदायको रमजान पर्व आजबाट सुरु

RAMJAN 2

काठमाडौं, १३ वैशाख ।  मुस्लिम धर्मावलम्बिहरुको पवित्र पर्व रमजान शनिबारबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ ।

सूर्योदय हुनु करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।

रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रमजानमा ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

कोरोना महामारीका कारण रमजानका बेला यसपाली मस्जिदमा भिडभाड नगरि घरभित्रै नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायलाई अपिल गर्नूभएको छ ।

रोगको कुनै जात र धर्म नहुने भन्दै उनले लकडाउन तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न उहाँले सबैलाई अपिल गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);