शनिबार इस्लाम धर्मावलम्वीको पर्व ‘इदुलफित्र’ मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शनिबार इस्लाम धर्मावलम्वीको पर्व ‘इदुलफित्र’ मनाईयो

काठमाडौं । शनिबार इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाईएको छ ।

इदुलफित्र मुस्लिम समुदायका धर्मालम्वीहरु एक महिना रोजा व्रत बसेर मनाउने गर्दछन् । रमजानको अवसरमा काठमाडौंको घण्टाघर नजिकै कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका थिए । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।

साथै रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रुपमा समेत लिने गर्दछन् । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बस्ने गरिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिएपछि व्रत बस्न शुरु गरिएको हो । रमदान अर्थात रमजान महिना सकिएको खुशीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउने गर्दछन् ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमजान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);