इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि सुरु

ramjaan

काठमाडौं, २४ बैशाख । इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि सुरु भएको छ ।

इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर्मालम्बीहरूको नवौँ महिनालाई ‘रमजान’ भनिन्छ । यो महिनाभर दिनभर केही पनि नखाइ निराहार रोजा बस्ने गर्छन् । इस्लाम धर्मावलम्बीहरूको आठौँ महिना अर्थात् ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ । रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनुअघि हरेक दिन नियमितरूपमा नमाज पढ्ने चलन छ ।

रोजा बस्नाले मानिसको आचरणमा विकास आउने विश्वास छ ।रमजान सकिने दिन अर्थात् ३० दिनको रोजा सकिएको भोलिपल्ट कष्टकर व्रतबाट छुटकारा पाएको भन्दै धुमधाम तरिकाले खुशीयालीका साथ ‘इदउल फित्र’ पर्व मनाउने चलन छ । मुसलमान समुदायको लागि यो खुशीयालीको पर्व हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);