घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगकाे आग्रह

muslim

काठमाडौं, १० जेठ । राष्ट्रिय मुस्लिम आयोगले ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गर्नुभएको हो ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामुहिक नमाज आदा गर्ने प्रचलन रहेको छ । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए ।

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भएपनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नुभयो । उहाँले देशको कुनैपनि ठाउँबाट शनिबार चन्द्रमा देखिए आइतबार नभए सोमबार मात्रै ईदु–उल–फित्रको नमाज आदा गरिने बताउनु भयो ।

आइतबार रमजान महिनाको अन्तिम दिन हो । इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा उपवास बसेर नमाज आदा गर्ने गर्दछन् । रमजानको अन्तिम दिन ईद–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);