आज जौको सातु र सर्वत दान गरि अक्षय तृतीया पर्व मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

आज जौको सातु र सर्वत दान गरि अक्षय तृतीया पर्व मनाइँदै

akshay tritiya

काठमाडौं, २४ बैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज जौको सातु र सर्वत दान गरि अक्षय तृतीया पर्व मनाइँदैछ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएकाले युगादी तिथिका रूपमा समेत लिने गरिन्छ । अक्षय तृतीयाको दिन भगवान् विष्णुको सातौँ अवतारका रूपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रूपमा भएको थियो ।

त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाइ सक्खर हाली सर्बत बनाएर दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । वैशाखको गर्मीमा सक्खरको सर्बत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यस पर्वको वैज्ञानिक महत्वसमेत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);