हटेन छाउप्रथा: महिलाहरु महिनावारी तथा सुत्केरी हुँदा छाउगोठको भर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हटेन छाउप्रथा: महिलाहरु महिनावारी तथा सुत्केरी हुँदा छाउगोठको भर

chhaupratha

मदन बिक
बाजुरा, २४ बैशाख ।  बाजुराका महिलाहरु महिनावारी हुँदा अझै पनि छाउगोठमा बस्दै आएका छन् । जिल्ला भरिका ९ वटै स्थानीय तहका विभिन्न गाउँमा रहेका महिलाहरु छाउ भएको बेला गोठमा बस्ने प्रचलन कायमै रहेको पाईएको छ । छाउगोठमा बस्दा किशोरी र महिला असुरक्षित हुने गरेका छन् ।

बाजुरा जिल्लामा अझै पनि छाउपडि प्रथा हराउन सकेको छैन । महिनावारी र सुत्केरी हुँदा महिलाहरुको बास छाउगोठमा नै हुने गर्दछ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ वाईकि समुन्दा कठायत सुत्केरी भएपछि ३० दिनदेखि गोठमा बस्दै आएकी छिन् । उनले पहिलो सन्तानलाई पनि गोठमै जन्म दिईन र ३० दिनसम्म गोठमै हुर्काइन । दोस्रो सन्तानलाई समेत उनले गोठमै जन्माएकी थिइन् । जस्तो स्वास्थ्य समस्या भएपनि सुत्केरी भएको ३० दिनसम्म गोठमा नै बस्न बाध्य छन् ।

समुन्दा कठायत एउटा प्रतिनिधि पात्र मात्र हुन् । सत्केरी र छाउ हुँदा त्यहाँका महिलाहरु बर्षौँदेखि छाउगोठमा बस्दै आएका छन् । गोठबाट बाहिर आए अरुलाई छोइन्छ देउता लाग्छ भन्ने अन्धविश्वारलाई पछ्याइरहेकी छिन् ।

छाउपडी भएको बेला समाजले सुत्केरी महिलाहरुलाई दही दुध समेत खान दिदैन । छाउपडी भएको बेला समाजभन्दा अलग्गै बनाईएको गोठमा बस्नुु पर्ने बाध्यात्मक चलन कायमै रहेको छ । त्यहाँका अधिकांश महिलाहरुले महिनावारी र सुत्केरी भएको बेला देवता रिसाउने डरले साविकको बसोबास गर्ने घरभन्दा कम्तिमा १ सय मिटर टाढा गएर गोठमा बस्नु पर्ने प्रचलन रहदै आएको छ ।

समयसंगै केहीकेही परिवारमा भने विस्तारै यो प्रथा हराउन थालेको पनि स्थानीय शिक्षकको भनाई छ ।

छाउ भएको बेला छाउगोठमै सुतिरहेको अवस्थामा गएको पौष महिनामा बुढिन्नदा नगरपालिकाको वडा नं. ९ पाण्डुसेनमा आमा र दुई छोरा सहित तीन जनाको छाउगोठमा मृत्यु भएको थियो । बलात्कार र जंगली जनावरको आक्रमण भएका घटना पनि थुप्रै छन् । यसरी छाउ गोठमा महिला असुरक्षित भएपछि अहिले जिल्ला भरिका स्थानीय तहहरुले छाउपडि गोठमुक्त वडा गर्ने अभियान संचालन गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । बाजुराको नौ वटै स्थानीय तहका ६९ वटा वडा मध्ये बडीमालिका नगरपालिकाको वडा ३, ४, ५ र ६ लाई छाउपडि गोठमुक्त वडा घोषणा गरिएको छ भने अन्य जिल्ला भरिका सबै स्थानीय तहका वडाहरुमा छाउपडी प्रथा कायमै रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);