अवैद्य उत्खनन्‌ले बाराका मुख्य पुल र दर्जनौं बस्ती जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अवैद्य उत्खनन्‌ले बाराका मुख्य पुल र दर्जनौं बस्ती जोखिममा

basti jokhim bara

श्याम गुप्ता
 बारा, २४ बैशाख । मापदण्ड विपरीत नदी जन्य पदार्थको उत्खनन्ले बाराका मुख्य राजमार्गमा पर्ने पुल सहित दर्जनौं बस्तीहरु उच्च जोखिमा पर्ने संभावना देखिएकोे छ । ठेक्केदारहरुले चरम लापरवाही गरी नदीको प्राकृतिक संरचनालाई बिथोलिने गरी उत्खनन् गर्नाले यहाँका पुल तथा बस्तीहरु उच्च जोखिममा पर्ने सम्भावना बढेको हो ।

बारामा मापदण्ड विपरीत भईरहेका नदी जन्य पदार्थको उत्खनन्ले राजमार्गका पुलसहित बस्तीहरु जोखिममा पर्ने सम्भावना देखिएको छ । नगरपालिकासँग भएको सम्झौता भन्दा बाहिर गएर नदीजन्य पदार्थ ढुगा, ग्राभेल र बालुवा उत्खनन् गर्नाले त्यहाँका पुल, बस्तीका साथै उर्वर भुमि समेत जोखिममा पर्ने सम्भावन देखिएको हो ।

ठेकेदारको यस्तो गैरजिम्मेवार कामले निरन्तरता पायो भने पूर्वपश्चिम राजमार्गको दुधैरा , बाडगंगा र पसाहा खोलाका पुल भासिने लगायत नदी नजिकका बस्तीहरु जीतपुरसिमरा उपमहानगरपालिका अन्तरर्गत पर्ने वडा नं.१२, १३ , १४ , १५ , १६ र १८ , कलैया उपमहानगरपालिकाको वडा नं.१८ , २१ र २२ र पर्सौनी गाउँपालिकाको ३ र ४ वार्डहरु आउँदो वर्षातमा डुवानमा पर्ने सम्भावना देखिएको छ ।

अनुगमन गर्दा मापदण्ड विपरित उत्खनन् भएको भनी जीतपुसिमरा उपमहानगरपालिकालाई वडा नं. १ ले लिखित र मौखिक जानकारी पटक–पटक गराईसकेको छ ।

स्थानीय श्रोत साधन संकलन ऐन बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नों मातहतमा रहेका पसाहा, बाढगंगा र दुधौरा खोलालाई आर्थिक वर्ष २०७५ र ०७६ का लागि ६ करोड २७ लाखमा लगाएको ठेक्का कलैया उपमहानगरपालिका वडा नं.१६ को बिनोद साह निर्माण सेवाले स्वीकारेकोे थियो । गत आश्विन १ देखि उत्खनन हुँदै आएकोमा आर्थिक वर्षको अन्त्य हुन लाग्दा समेत लगानी नउठ्ने भन्दै मापदण्ड विपरीत यत्रतत्र नदी जन्य पदार्थको दोहन ठेकेदार पक्षले गरेको देखिन्छ ।

ठेकेदार पक्षले सम्झौता र मापदण्ड विपरीत उत्खनन गरेको स्वीकार्दै नियमन निकाय उपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईले पटक–पटक चेतावनी दिईसकेको र अब पनि यस्तै रवैया रहे कानुनी कारबाही गरिने जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरुमा पनि मापदण्ड विपरीत नदी उत्खनन् हुँदै गर्दा पूर्वपश्चिम राजमार्ग निजगढ पथलैया सडक खण्डको दूधौरा पुल बिं.स. २०७० र २०७४ मा दुई पटक भासिसकेको छ । राष्ट्रिय राजमार्गको पुल भासिदा महिनौंसम्म डाईभर्सनबाट यातायात सञ्चालन गर्नु परेको थियो । सम्झौता अनुसार पुलको दायाँ बायाँ पाँच सय मिटर छोडेर र खोलाको सतह अढाईदेखि तीन मिटर गहिराईसम्म उत्खनन गर्न पाउने सर्तमा भए पनि २५ देखि ३० मिटरसम्म गहिराईमा उत्खनन् भएको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);