चितवनमा नदिजन्य पदार्थको अवैध उत्खनन् | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

चितवनमा नदिजन्य पदार्थको अवैध उत्खनन्

चितवन, १ फाल्गुन । चितवनको कयर खोलामा अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन् भइरहेको छ । वातावरणीय मुल्यकंन विपरित नदिजन्य पदार्थको उत्खनन् भइरहेको हो । मापदण्ड विपरित उत्खनन् हुँदा रत्ननगर र खैरहनीका तीन वटा वडा जोखिममा परेका छन् ।

चितवनको कयर खोलामा अवैध रुपमा मेसिनकोे प्रयोगबाट गिट्ठी, बालुवा र ग्राबेल उत्खनन् भइरहेको हो । खोलामा हातेऔजारको प्रयोग गरेर उत्खनन गर्नुपर्ने उल्लेख छ । तर ठेकदारहरुले वातावरणीय मुल्यकंन विपरित एक्साभेटरबाट उत्खनन् गरिरहेको हो । नियम विपरित नदिजन्य पदार्थको उत्खनन् हुँदा पूर्वी चितवनको रत्ननगर र खैरहनीका तीन वटा वडा जोखिममा परेका छन् । सरकारी निकायकै मिलेमतोमा ठेकेदारले नियम विपरित उत्खनन् गरिरहेको स्थानियले आरोप लगाएका छन् ।

सडक भन्दा उत्तरतर्फबाट मात्रै नदिजन्य पदार्थ निकाल्न कञ्चन निर्माण सेवाले २ करोड ६० लाख रुपैयाँमा ६४ हजार घनमिटर मात्र निकाल्न ठेक्का पाएको थियो । तर पुल भन्दा दक्षिण र उत्तर तर्फ पनि उत्खनन् भइरहेको छ । झण्डै ३ सय मिटर भन्दा बढी गहिरो बनाएर उत्खनन् गरिएको छ । रत्ननगर नगरपालिकाले ठेकेदारले नियम विपरित उत्खनन् भइरहेको स्विकार गर्दै रोक्न पहल गर्ने जनाएको छ ।

उता ठेकेदार राजकुमार पाठक भने यो विषयमा बोल्न चाहेनन् । स्थानिय युवाहरुले नियम विपरित दक्षिणतर्फबाट उत्खनन भइरहेकोमा विरोध गरिरहेका छन् । बस्ती नै जोखिममा पर्ने गरि नदि जन्य पदार्थ उत्खनन्मा रोक लगाउन स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);