मेलम्चीका क्रसर उद्योगलाई रोक लगाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेलम्चीका क्रसर उद्योगलाई रोक लगाउने तयारी

देवराज सुवेदी,

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका भित्र संचालित क्रसरहरुलाई नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाईने भएको छ । क्रसर उद्योगहरुले आबश्यक भन्दा बढीमात्रामा नदिजन्य पदार्थ उत्खनन् र भण्डारण गरेको पाइएपछि नगरपालिकाले बैशाख मसान्तबाट उत्खनन्मा प्रतिबन्ध लगाउने तयारी गरेको नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए ।

उनका अनुसार “यहाँका कतिपय क्रसरहरुले तोकिएको मापदण्ड भन्दा बाहिर गई ठुलो परिमाणमा ढुङगा, बालुवा जम्मा गरेको पाइयो, त्यसैले अब उत्खनन्मा रोक लगाउन आवश्यक देखिएको छ” ।

नगरपालिकाको संयुक्त टोलिले बैशाख १६ गते गरेको अनुगमनका क्रममा तिनपिप्ले निर्माण सेवा, सोना क्रसर उद्योग प्रा.लि. जाल्पा इन्फ्रास्ट्रकचर प्रा.लि. र पाल्चोकीमाई रोडा ढुङगा उद्योग प्रा.लि.ले मापदण्ड भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएपछि बैशाख १८ गते भित्रमा बढी उत्खनन् भएको ठाउँका खाल्डा खुल्डी पुरी सक्न निर्देशन दिएको थियो ।

शसस्त्र प्रहरी, जनपद प्रहरी र पत्रकारहरुको सुयुक्त टोलिले उक्त निर्देशनको के कस्तो पालना भएको छ भन्दै आज गरेकोे अनुगमनका क्रममा तिनपिप्ले निर्माण सेवाले निर्देशनको पालना नगरेको पाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए ।

बैशाख १६ गते अनुगमनका क्रममा मेलम्ची १३ फटकशिलामा संचालित एकोन क्रसर एग्रिगेट प्रा.लि.ले मापदण्ड विपरीत पोखरीहरु निर्माण गरी उत्खनन् गरेको पाइएको थियो भने मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रा.लि.ले नदिको धार नै परिवर्तन गराई अत्यधिक गहिराईमा उत्खनन् गरेको भेटिएको थियो ।

मापदण्ड विपरीत उत्खनन कार्यमा प्रयोग भएका उक्त क्रसर उद्योगका एक्साभेटरहरु नियन्त्रणमा लिई रु ५० हजार दण्ड जरिवाना समेत गरिएको मेलम्ची नगरपालिकाका सुचना अधिकारी इन्जिनीयर जित बहादुर कार्कीको भनाई छ ।

इन्द्रावती नदि क्षेत्रमा रहेका अधिकांश क्रसरहरुले नदिको धार नै परिवर्तन गराई मापदण्ड विपरीत उत्खनन् गर्दै आएका कारण तटीय क्षेत्रका सयौँ रोपनी खेतियोग्य जमिन बाँझिएका छन् भने माझी समुदायको पुर्खौली पेशानै संकटमा परेको स्थानीयले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);