काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो । नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ । नोटको अगाडिको भागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप रहेको छ भने त्यसको मुनि ‘५०’ अंकित पानी छापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख छ भने गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ । नोटमा १.२ मिलिमिटर चौडा सुरक्षा धागोे छ, जसमा एनआरबि राखिएको छ । नोटको पछाडिको भागमा हिँड चितुवाको चित्र तथा त्यसमाथि नेपाल राष्ट्र बैंक लेखिएको छ । तल्लो भागमा रुपिज फिफ्टी सिरिज नम्बर ‘२०२५ एडी उल्लेख गरिएको छ ।





