यस्तो आयो सयको नयाँ नोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

यस्तो आयो सयको नयाँ नोट

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले मंगलबारबाट १०० रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट मंगलबारदेखि बजारमा पठाइएको हो । सर्वसाधारण नझुक्किउन् भनेर राष्ट्र बैंकले नयाँ नोटको विशेषताबारे सूचनासमेत जारी गरेको छ ।

नयाँ नोटको आकार, प्रकार र रङ पहिलेकै छ । नयाँ नोटमा केही नयाँ चित्र र शब्द राखिएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र राखिएको छ । यसैगरी, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ (बुद्ध जन्मस्थल लुम्बिनी) लेखिएको छ ।

नोटको मध्य भागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र रहेको छ । नोटलाई सीधा हेर्दा रातो रङ, ढल्काएर हेर्दा हरियो रङ देखिन्छ । नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);