राष्ट्र बैंकले ल्यायो पाँच सय दरको नयाँ नोट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका नोट चल्तीमा ल्याएको छ । बुधबारबाट चल्तीमा ल्याइएको नयाँ नोटमा एउटा बाघ मात्र राखिएको छ ।

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र छ । नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप छ भने नोटको तल्लो भागमा गभर्नर डा. चिरन्जीवी नेपालको दस्तखत रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ । ३.५ मिलिमिटर चोडा भएको रंग परिवर्तन हुने सुरक्षण धागो राखिएको छ । यसैगरी सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने कुबेरको चित्र राखिएको छ ।

साथै लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएकाहरुले छोएर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि राखिएको छ । नोटको अर्कोपट्टी माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने बीच भागमा एउटा पाटेबाघको चित्र राखिएको छ । नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज फाइभ हन्ड्रेड लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१६ एडी लेखिएको छ ।

nrb

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);