नक्कली नोटको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नक्कली नोटको बिगबिगी

nakkali-note

बनेपा,  १६ भदौ ।  काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्कली नोटको बिगबिगी छ। बैंकमा पछिल्लो समय हजार र पाँच सयका नक्कली नोट बजारबाट भेटिन थालेका हुन्। बैंक तथा सहकारी पैसा डिपोजिट गर्न आउने अधिकांश पेट्रोल पम्प व्यापारी, जग्गा कारोबार गर्ने व्यापारी र ग्रामीण भेगबाट पैसा जम्मा गर्न आउने बचतकर्ताको साथबाट नक्कली नोट पेला पर्ने गरेको सहकारी तथा बैंकले बताएका हुन्। अधिकांश बैंकमा नक्कली नोट आए पनि बैंकहरूले ग्राहक भड्कने र आफूलाई समस्या पर्ने भन्दै घटनालाई गुपचुप राख्ने गरेका छन्। बैंकहरूले खल्तीको पैसा हाल्दै हल्ला हुन नदिएको पनि स्रोतले बतायो।

फेला पर्ने अधिकांश नक्कली नोट बण्डलको बीचमा भेटिने गरेको छ। मानिस सजिलै झुक्किउन् भनेर सक्कली नोटको बीचमा राखेर तस्करहरूले कारोबार गर्ने गरेका छन्। रातको समयमा पसल पा पेट्रोल पम्पमा तेल हाल्ने बहानामा आफूहरूलाई झुक्याएर नक्कली नोट भिडाउने गरेको पनौती पेट्रोल पम्पका एक व्यवसायी बताउँछन्। ‘साँझको समय भीडभाड भएको मौका छोपेर झुक्याएर नक्कली पैसा दिने गरेका छन्’, उनले थपे, ‘पछि बैंकमा गएपछि थाहा हुन्छ नक्कली नोट भनेर।’

भेटिएका नक्कली नोट खस्रो र फिक्का रंग उडेको जस्तोे, सेक्युरिटी थ्रेड बाहिरबाट टाँसेको, सेतो भागमा वाटर प्रिन्ट नभएको, अधिकांशमा एउटै नम्बर भएको पाइएको हो। नक्कली नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा नहुने गरेको र भए पनि मधुरो र बाहिरैबाट टाँसिएको पाइएका छन्।

धुलिखेल राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक विनोद सापकोटा भन्छन्, ‘साना बचतकर्ता भन्दा पनि धेरै बचत गर्न आउने जग्गा व्यवसायी तथा धेरै रकम जम्मा गर्ने व्यवसायीले बचत गर्न ल्याउने रकममा नकक्ली नोट भेटिने गरेको छ।’ उनले थपे, ‘हामीसँग पैसा गन्ने मसित त छ तर सक्कली हो कि नक्कली भन्ने छुट्याउने मेसिन नहुँदा ५०÷६० लाख ल्याउँदा सबै छुट्याएर प्रमाणित गर्न नसक्ने अवस्थामा समस्या आउने गरेको छ।’

बैक तथा सहकारीले फेला परेका नम्कली नोट प्वाल पर्नुका साथै मार्करले क्रस चिन्ह लगाएर बरामद वा फिर्ता गर्ने गरेका छन्। जिल्लाका अधिकांश बैंक तथा सहकारीले नक्कली नोटबाट धेरै समस्या व्यहोर्दै आएका छन्। तर पनि घटना र नोटबारे गुपचुप हुने गरेका छन्। जसले गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोहलाई थप प्रोत्साहन भइरहेको जानकार बताउँछन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);