बालबालिकालाई इनर्जी ड्रिंक्स प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बालबालिकालाई इनर्जी ड्रिंक्स प्रतिबन्ध

Energy_drinks

एजेन्सी, १६ भदौ । बेलायतले १८ वर्ष मुनिका बालबालिकालाई इनर्जी ड्रिंक्स (कोकाकोला तथा अन्य नरम पेय पदार्थ) बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ। यी इनर्जी ड्रिंक्स, कोकाकोला जस्ता पेयदार्थहरूले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको जनाउँदै प्रतिबन्ध लगाउने भएको हो।

यसका लागि बेलायत सरकारले इनर्जी ड्रिंक्स बालबालिकालाई बिक्री गर्नु अवैधानिक बनाउने प्रस्ताव सार्वजनिक गरेको छ । ‘बेलायती प्रधामन्त्रीले भने, ‘यी पेय पदार्थले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ।’

इनर्जी ड्रिंक्समा चिनी र क्याफिनको मात्रा बढी भएको र यसले बालबालिकाको तौल बढाउने र अन्य स्वास्थ्य समस्या निम्त्याएको बेलायत सरकारले जनाएको छ । सरकारले १६ वर्षमुनि या १८ वर्ष मुनिका बालबालिकालाई प्रतिबन्ध लगाउनु उचित हुन्छ भन्ने विषयमा सुझाव संकलन गरिरहेको छ।

स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सलाई आफै लागू गर्ने अधिकार छ। बेलायत तथा युरापेका युवाहरूले यी पेय पदार्थ बढी खपत गरेको विषयमा पहिल्यै एक अनुसन्धान भइसकेको छ। यी पेय पदार्थमा आवश्यकता भन्दा बढी मात्रामा क्याफिन र चिनीको मात्रा पाइएको छ।

पेय पदार्थहरू बढी प्रयोग गरेका बच्चाहरूमा बढी तौल हुने, दाँत बिग्रिने, टाउको दुख्ने र निदाउन गाह्रो हुने, पेट ठूलो हुने, रिसाउने लगायत समस्या देखिएको जनाएको छ।

बेलायतको शिक्षक संघले गरेको सर्वेक्षणले पनि बढी पेय पदार्थ पिउनेहरूले कक्षा कोेठामा नराम्रो र असामान्य व्यवहार देखाउने गरेको देखाएको छ। ऐनले प्रतिलिटर पेय पदार्थमा १ सय ५० मिलिग्रामभन्दा बढी क्याफिनको प्रयोग गर्न प्रतिबन्ध लगाउनेछ।

केही पसलहरूले आफै १६ वर्ष मुनिका बालबालिकालाई बेच्न छोडिकसकेका छन्। यद्यपि केही खुद्रा पसल र पेय पदार्थ मेसिनमा भने उपलब्ध छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);