भाइरलको संक्रमणबाट ३ बालबालिकाको मृत्यु, ५६२ मा स्वासप्रस्वास समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भाइरलको संक्रमणबाट ३ बालबालिकाको मृत्यु, ५६२ मा स्वासप्रस्वास समस्या

sindhuli-district-hospital

सिन्धुली, १६ भदौ ।  पछिल्लो दुई सातादेखि सिन्धुलीका बालबालिकामा मौसमी भाइरलको संक्रमण देखिएको छ। भारइरलका कारण तीन बालिबालिकाको मृत्यु भएको छ। भाइरलका कारण बालबालिकालाई उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौ मै मृत्यु भएको अस्पतालले जनाएको छ।

बालबालिकालाई एम्बुलेन्समार्फत उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको एम्बुलेन्स चालकले बताएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले बताइन्। मृत्यु हुनेमा कमलाखोंच र मरिण क्षेत्रका बालबालिका भए पनि उनीहरूको पहिचान भने खुल्न सकेको छैन। भाइरल के हो भन्ने अझै यकिन हुन सकेको छैन।

उनीहरूमा भाइरल एन्फ्लुएन्जाको संक्रमण होकी भन्ने आशंका गरिए पनि प्रमाणित नभएको उनको भनाइ छ। ‘पछिल्लो दुई सातायता पाँच सय ६२ बालबालिकामा स्वासप्रस्वाससम्बन्धी भाइरल संक्रमण देखिएको छ,’ उनले भनिन्। यसबाहेक समयमा उपचारका लागि अस्पताल नल्याइएका तीनको मृत्यु भएको पाइएको हो।

विशेषगरी पाँच वर्ष मुनिका बालबालिकामा यस्तो संक्रमण देखिएको छ। ‘संक्रमणमा परेका बालबालिकामा रुघाखोकी, जरो, छातीमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको छ,’ उनले भनिन्। वर्षायाम, अत्याधिक, गर्मी र चिसोको सुरुआत भएर मौसममा परिवर्तन आउन थालेपछि यस्तो रोगको संक्रमण हुन थालेको उनको भनाइ छ। भाइरलको संक्रमणमा परेका बालबालिकाको ल्याब परीक्षणमा भाइरल एन्फ्लुएन्जाको संक्रमण नभए पनि घाँटीमा भने गम्भीर समस्या देखा परेको पाइएको छ।

बालबालिकामा भाइरलको संक्रमण देखा पर्न थालेपछि महामारी सरुवा रोग नियन्त्रण तथा इपिडेमियोलोजी महाशाखाबाट रेशम लामिछानेको नेतृत्वमा आएको ल्याब टेक्निसिएनको टिमले संक्रमित बालबालिकाको ल्याब परीक्षण गरेको छ।

टोलीले १० जना बालबालिकाको ल्याब परीक्षण गर्दा कसैमा पनि एन्फ्लुएन्जाको संक्रमण नदेखिए पनि घाँटीमा भने भाइरलको संक्रमण देखिएको गौतमको भनाइ छ। स्वासप्रस्वासको समस्या भएर आउने अधिकांश बालबालिकामा घाँटीको संक्रमण समेत देखिएको छ। यस्ता बालबालिकाको अस्पतालमै भर्ना गरी उपचार भइरहेको छ भने दुई बालबालिकालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);