इनर्जी ड्रिंक्सकै कारण भासियो तालु, पत्नीले सार्वजनिक गरिन् तस्बिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एजेन्सी । कतिपय समयमा हामीलाई कुनै चिजको आदग लाग्ने गर्छ, यतिसम्मकी यसले पुर्याउने असरको बारेमा पनि सोचेका हुँदनौँ । यस्तै भएको छ अमेरिकामा बस्दै आएका अस्टिनलाई ।

निकै प्रेशरमा काम गर्ने अस्टिनले लगातार इनर्जी ड्रिंक्स पिउने गर्थे । जसको कारण उनको ब्रेन ह्यामरेज भएको थियो, जबकी त्यस समय उनकी पत्नी ब्रिएन गर्भवती रहेकी थिइन् ।

अस्टिन दुर्घटनामा परेपछि चिकित्सकले धेरै इनर्जी ड्रिंक्स पिएकै कारण उनलाई ब्रेन ह्यामरेज भएको बताएका थिए । ५ घण्टा लामो अपरेशन पछि अस्टिनको टाउकोको अगाडिको भाग नै प्वाल परेको जस्तो देखिएको थियो । यद्यपी उनी दुई महिना लामो कोमापछि होसमा आएका थिए ।

astin with wife and son
हस्पिटल बस्ने क्रममा नै ब्रिएनले पनि छोरालाई जन्म दिएकी थिईन् । अहिले ब्रिएन पति र छोराको निकै ख्याल राख्ने समाचार एजेन्सीले उल्लेख गरेको छ । ब्रिएनले अस्टिनसँगको फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);