ढल्केवर र महेन्द्रनगरबाट इनर्जी बैंकिङ गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

ढल्केवर र महेन्द्रनगरबाट इनर्जी बैंकिङ गर्ने सहमति

bidhut

काठमाडौं, १३ पुस । नेपाल–भारतबीच ढल्केवर र महेन्द्रनगर बिन्दुबाट इनर्जी बैंकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार सम्पन्न विद्युत् आदान–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पीईसी)को १३औं बैठकमा उक्त सहमति भएको हो । ‘पछिपछि अन्य धेरै बिन्दुबाट पनि इनर्जी बैंकिङ गरिनेछ,’ प्राधिकरणका प्रवक्ता एवम् विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले भने, ‘तर, शुरुआत भने ढल्केवर–मुजफ्फरपुर र महेन्द्रनगर–टनकपुर बिन्दुबाट गर्ने सहमति भएको छ ।’

नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो । ‘इनर्जी बैंकिङमा नेपाललाई ठूलो सफलता प्राप्त भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘यो नेपालको ऊर्जाक्षेत्रको ठूलो कोसेढुंगा हो ।’

बैठकमा नेपालतर्फको नेतृत्व गरेका घिसिङले गरेका थिए । बैठकमा दुई मुलुकका विद्युत् विक्रेतामार्फत इनर्जी बैंकिङ गर्ने सहमति भएको उनले जानकारी दिए । पीईसीको बैठकले इनर्जी बैंकिङको विधि र प्रारूप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिम रूप दिएको हो ।

उक्त मस्यौदा आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सह–सचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रूप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेयरिङ कमिटी–जेएससी’को बैठकले अनुमोदन गर्नेछ । यसअघि ‘ज्वाइन्ट स्टेयरिङ कमिटी’ले इनर्जी बैंकिङको विधि र प्रारूप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो ।

यो खबर आजको अभियान दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);