तस्करहरुको अखडाबाट अन्तर्राष्ट्रिय विमानस्थल मुक्त हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तस्करहरुको अखडाबाट अन्तर्राष्ट्रिय विमानस्थल मुक्त हुन सकेन

Tribhuvan-International-Airport-aviationnepal

पुष्पा पोखरेल
काठमाडौं, ११ जेठ । तस्करहरुको अखडाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै मुक्त हुन सकेको देखिंदैन । कहिले सुन तस्करहरुको अखडा बनेको देखिन्छ त कहिले नक्कली नोटको कारोबार हुने अखडाको रुपमा विमानस्थल प्रयोग हुँदै आएको छ । पहिले-पहिले सुन तस्करको अखडा बनेको विमानस्थल पछिल्लो समय अवेैध डलर र नक्कली नोट कारोबारीको अखडा बनेको छ ।

केही समय अघि बेइजिङ उड्न लाग्दा त्रिभुवन विमानस्थलबाट अवैध डलरसहित केही विदेशी पक्राउ परेको एक महिना नबित्दै ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित ६ जना फेरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व सांसद समिम मिया अन्सारीका छोरा युनिस अन्सारी र तीन जना पाकिस्तानी नागरिकसहित ६ जना रहेका छन् । यति ठूलो परिमाणमा नक्कली भारतीय नोट पक्राउ परेको यो पहिलो पटक हो ।

पक्राउ पर्नेहरुमा नेपाली नागरिक युनिस अन्सारी, उनका साला सुयल खान र गाडी चालक सुदन राना रहेका छन् । यसैगरी पाकिस्तानी नागरीकहरु मोहम्मद अख्तार, नदिया अनवार र नासिर उद्दिन पनि पक्राउ परेका छन् । उनीहरु सबैलाई प्रहरीले विमानस्थल परिसरबाटै पक्राउ गरेको हो र र सबैलाई प्रहरीले सार्वजनिक पनि गरिसकेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले थुनामा राखी थप अनुसन्धान गरिरहेको छ ।

अवैध नक्कली भारतीय नोट पाकिस्तानबाट कतार हुंदै नेपाल भित्रिएको हो । विशेष सुराकीको आधारमा प्रहरीको विशेष टोलीले विमानस्थलबाट नक्कली नोटसहित त्यसमा संलग्न कारोबारीलाई समेत पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने अन्सारी नक्कली नोटको पटके कारोबारी हुन् । उनी यस अघि पनि पटक पटक कारोबारकै क्रममा पक्राउ परी जेल परेका व्यक्ति हुन् । अवैध रकम मात्र होइन त्रिभुवन विमानस्थलबाट अवैध करोडौं मूल्यका सुन पनि पटक पटक बरामद भइरहेको छ । सुन बरामद भए पनि मुख्य अभियोगी भने अझै फरार रहेका छन्।

विमानस्थलमा अवैध सुन र रकम बरामद हुनु र अपराधी पक्राउ पर्नु एउटा घटना हो । तर घटना बारम्बार दोहोरिरहनु यो खराब प्रवृत्ति हो । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी पटक पटक अवैध रकम र सुन बरामद हुनु र अपराधी पक्राउ पर्नुले विमानस्थलकै बदनाम भएको छ नै । नेपालको सुरक्षा व्यवस्थाप्रति समेत प्रश्न उठिरहेको छ । अनि अन्तराष्ट्रिय जगतमा सिंगै नेपालकै बदनाम गराइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);