विदेशी पर्यटक नेपालमा लुटिएमा त्यस क्षेत्रमा खटिएका पर्यटक प्रहरीलाई कारबाही गर्ने सर्वेन्द्रको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशी पर्यटक नेपालमा लुटिएमा त्यस क्षेत्रमा खटिएका पर्यटक प्रहरीलाई कारबाही गर्ने सर्वेन्द्रको चेतावनी

चितवन, ११ जेठ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल घुम्न आएका पर्यटकहरु कुनै कारण लुटिएको खबर आएमा त्यस क्षेत्रमा खटिएका पर्यटक प्रहरीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गर्दै अगाडि बढ्न निर्देशन दिनुभएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा पर्यटक प्रहरीको कार्यालय उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरीमाथि नागरिकले विश्वास गर्ने वातावरण बनाउन आग्रह गर्नु भएको छ ।

नेपाल प्रहरीले स्थापना गरेको पर्यटक प्रहरीले पर्यटकहरुको सुरक्षासँगै आम नगरिकहरुको सुरक्षामा समेत ध्यान दिनुपर्ने बताउनु भयो । महानिरीक्षक खनालले नेपाल घुम्न आएका पर्यटकहरु कुनै कारण लुटिएको खबर आएमा त्यस क्षेत्रमा पर्ने पर्यटक प्रहरीलाई कारबाही गर्न समेत आफु पछि नपर्ने बताउनु भयो ।

उद्घाटन गरिएको पर्यटक प्रहरी कार्यालयमा ६ वटा सञ्चार उपकरण तथा ६ वटा मोटरसाइकल प्रदान गरिएको छ भने प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना पर्यटक प्रहरी खटाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);