यसरी पक्राउ परे साढे ७ करोड नक्कली भारुसहित अन्सारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यसरी पक्राउ परे साढे ७ करोड नक्कली भारुसहित अन्सारी

nakali-note-ansari pakrau

काठमाडौं, ११ जेठ । नक्कली नोटको कारोबारमा कैद भुक्तान गरी छुटेको एक वर्षलगत्तै युनिस अन्सारी उस्तै घटनामा फेरि पक्राउ परेका छन् ।

शुक्रबार कतारको राजधानी दोहाबाट कतार एयरवेजको क्यूआर ६४४ कल साइन विमानमा आएका तीन पाकिस्तानीले सुटकेसमा ल्याएको दुई हजार दरका ७ करोड ६७ लाख ९४ हजार भारतीय रुपैयाँ लिन अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला पक्राउ परेका हुन् ।

यसरी पक्राउ परे
विमानस्थल प्रहरी र भन्सार अधिकारीहरूले कालो रङको सुटकेस गुडाउँदै अगाडि बढिरहेका ६७ वर्षीय नासिर उद्धिनलाई विमानस्थलको भन्सार जाँच कक्षमै पक्राउ गरेका थिए ।

लगत्तै उस्तै आकारको नीलो सुटकेस गुडाउँदै निस्कन लागेका नादिया अनबर र मोहम्मद अख्तरलाई पनि पक्राउ गर्‍यो । प्रहरी त्यतिबेला अचम्ममा पर्‍यो, जब उनीहरूको सुटकेस खोलेर हेर्दा भारतीय दुई हजार दरका नोटका बन्डलले भरिएको थियो ।

विमानस्थल प्रहरीका अनुसार नासिरले बोकेको कालो सुटकेसमा ३ करोड ७३ लाख २ हजार भारतीय रुपैयाँ थियो भने मोहम्मद र नादियाले बोकेको नीलो सुटकेसमा ३ करोड ९४ लाख ९२ हजार भारुको बन्डल थियो ।

नक्कली नोटसहित पाकिस्तानी पक्राउ परेलगत्तै विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी, विमानस्थलमै रहेको विशेष ब्युरोको टोलीले ‘कोभर्ट अप्रेसन’ गरेको थियो । प्रहरीले सुटकेसको रकम निकालेर त्यसका कपडा मात्रै राखेर पाकिस्तानीलाई विमानस्थल बाहिर जान दिएको थियो ।

प्रहरीको कडा निगरानीमा सुटकेस गुडाउँदै बाहिरिएका उनीहरूलाई लिन को आउँछ भन्ने प्रहरीको चासो थियो । तीन पाकिस्तानी बाहिरिएको धेरैबेरपछि युनिस अन्सारी, उनका साला सुयल खान र चालक सुदन रानाभाटले उनीहरूलाई भेटे । त्यसलगत्तै प्रहरीले तीनै जनालाई पक्राउ गर्‍यो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);