२ करोड ३५ लाख बढी रकमको नक्कलि स्टिकर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२ करोड ३५ लाख बढी रकमको नक्कलि स्टिकर पक्राउ

शशि पन्थी ,

भैरहवा। सशस्त्र प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको २ करोड ३५ लाख ६३ हजार बराबर मूल्यको नक्कली स्टिकर सहित २ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल डण्डा बर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा २ लाख ४० हजार) बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवाको एउटा घरमा अवैध मालबस्तु लुकाइएको भन्ने विशेष सूचनाको आधारमा हिजो सशस्त्र प्रहरी निरिक्षक अर्यालको कमाण्डमा उक्त घरमा खानतलाशी गरिएको थियो । खानतलाशीबाट उक्त नक्कली स्टिकरको रहस्य खुलेको हो ।

पक्राउ परेको स्टिकरमा आन्तरिक राजस्व विभाग लेखिएको र उक्त स्टिकर २ करोड ३५ लाख ६३ हजार बराबर रहेको आन्तरिक राजस्व कार्यालयको प्रारम्भिक विवरणबाट देखिएको एसपी उप्रेतीको भनाई छ ।

५० युपी १ सय ८० मिलिलिटरको २ लाख ४० हजार थान स्टिकर मध्ये आयकरको १० लाख बराबर, मुल्य अभिवृद्धि करको ३१ लाख ६३ हजार र सबै भन्दा बढी अन्तःशुल्कको १ करोड ९४ लाखको स्टिकर रहेको छ ।

स्टिकर संगै सशस्त्र प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवा बस्ने २३ वर्षीय साहिद अन्सारी र २४ वर्षीय अमानत अलिलाई पक्राउ गरेको बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);