नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०७९, मंगलबार

नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

रौतहट । सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक  भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।

Leave a Reply