नक्कली नोटसहित रौतहटबाट चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नक्कली नोटसहित रौतहटबाट चार जना पक्राउ

काठमाडौं । रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जना युवक पक्राउ गरेको छ । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल,  २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुई दिनअघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका-३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर  सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा  एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);